नियम ४७
खारेजी र बचाउ
(१) विदेशी सम्बन्धी नियमावली, २०३२ खारेज गरिएको छ ।
(२) पदयात्रा तथा जलयात्रा नियमावली, २०४१ मा जुनसुकै कुरा लेखिएको भएतापनि पदयात्राको हकमा यसै नियमावली बमोजिम हुनेछ ।
(३) यस नियमावलीमा लेखिएको कुरामा यसै नियमावली बमोजिम र अरूमा प्रचलित कानून बमोजिम हुनेछ ।